वुहानबाट ल्याइएका नेपालीमा कुनै समस्या नदेखिए पछि क्वारेन्टाइन लगियो
कोरोना भाइरसको प्रकोप फैलिएको चीनको वुहान शहरबाट ल्याइएका नेपालहरुमा कुनै समस्या नदेखिए पछि भक्तपुरको क्वारेन्टाइन लगिएको छ ।
वुहानबाट काठमाडौं ल्याइएका कसैलाई स्वास्थ्य समस्या देखिए क्वारेन्टाइन नभई अस्पताल भर्ना गर्ने तयारी थियो । तर, कसैलाई पनि समस्या नदेखिए पछि भक्तपुरमा बनाइएको क्वारेन्टाइनमा लगिएको छ ।
त्यहाँ पनि उनीहरुको स्वास्थ्य परीक्षण गरिनेछ । विहान ४ बजेतिर वुहानबाट १७५ नेपाली विद्यार्थीलाई काठमाडौं ल्याइएको छ । १८५ जनाले नेपाल आउन आवेदन दिए पनि १० जना उतै छोडिएको छ ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार, ६ जनाको स्वास्थ्य समस्याले उतै छोडिएको हो । चार जनाले भने स्वेच्छाले आउन चाहेनन् । ६ जनामा कस्तो स्वास्थ्य समस्या हो भन्ने खुलाइएको छैन ।
शनिबार अपरान्ह ४ बजे काठमाडौंबाट उडेको नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी आइतबार बिहान ४ बजेतिर आइपुगेको हो । टोलीमा चार जना स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रु मेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पाचर १७ जना थिए ।
स्वास्थ्यमा ज्वरो बढेकालाई चीन सरकारले देश छोड्न दिएको छैन ।