कीर्तिपुरमा नेपालको कीर्तिमानी जित (तस्वीरहरु)
घरेलु मैदानमा सकिएको विश्वकप लिग टु मा नेपालले अमेरिका विरुद्ध कीर्तिमानी जित निकालेको छ । १२ ओभरमै अलआउट गर्दै अमेरिकालाई ३५ रनमा समेटेको नेपालले ५.२ ओभरमै लक्ष्य भेटायो ।
जम्मा १७.२ ओभरमा समेटिएको यो खेल एक दिवसीय क्रिकेटमा सवै छोटो हो ।
नेपालले यो खेलमा अरु पनि थुप्रै कीर्तिमान बनाएको छ । सन् २००४ मा श्रीलंकाले जिम्बाबेलाई सवैभन्दा कम रनमा समेटेको कीर्तिमानसँग नेपालले बराबर बनाएको थियो ।
अमेरिकालाई ३५ रनमै समेट्न सन्दीप लामिछानेले ६ ओभरमै ६ विकेट लिएर १६ रन खर्चिए । यही खेलबाट एक दिवसीयमा ६ विकेट लिने एसोसियट राष्ट्रको सन्दीप दोस्रो खेलाडी बने । यसअगाडि अफगानिस्तानका रसिद खानले ६ विकेट लिएका थिए । रसिद टेष्ट राष्ट्रका खेलाडी बनिसकेकाले आफू नै पहिलो बलर बनेको सन्दीपले दावी नै गरे ।
सन्दीपकै करिअर र नेपालका लागि समेत ६ विकेट लिने उनी पहिलो खेलाडी बने । यसअघि सोमपाल कामीले ६ विकेट लिएका थिए ।
अमेरिका विरुद्ध चार विकेट लिएका सुशन भारीले पनि आफ्नो खेल करिअरमा वेष्ट रेकर्ड राखे । जितसँगै, लिगमा नेपालले चार खेलबाट चार अंक जोडेको छ । तर, सिरिज भने ओमानले जितेको छ भने अमेरिका चार वटै खेलमा पराजित भएको छ ।
तस्वीरहरुः विक्रम राई