चार एसपीको सरुवा, चितवनमा नान्तिराज, पर्सामा गंगा
प्रहरी प्रमुख विहीन भएको एक महीनापछि चितवनमा एसपी नान्तिराज गुरुङको सरुवा भएको छ।
राजनीतिक विवादका कारण ४ पुसमा चितवनमा नियमित सरुवा भएपनि एसपी गंगा पन्तलाई त्यहाँ पठाउन प्रहरी प्रधान कार्यालय असफल भएको थियो।
प्रहरी प्रधान कार्यालयले मंगलबार गरेको सरुवा सूचीमा गंगा पन्तलाई पर्सा प्रहरी प्रमुखको जिम्मेबारी दिइएको छ।
यस्तै बारा प्रहरी प्रमुख विकास खनालको पाँच नम्बर प्रदेश दंगा प्रहरी गणमा सरुवा भएको छ। बारा प्रहरीको जिम्मेबारी कृष्णप्रसाद पंगेनीले पाएका छन्।
यस्तै महानगरीय प्रहरी परिसरमा कार्यरत अशोक सिंहको इन्टरपोल शाखामा सरुवा भएको छ। पर्सामा कार्यरत सोमेन्द्रसिंह राठौरलाई परिसर काठमाडौंमा ल्याइएको छ।