गुफापोखरी जाने हिउँको बाटो
–शब्द\तस्वीर: यात्रा राई
काठमाडौंमा पानी पर्ने वित्तिकै हिउँ खेल्न नजिकका नगरकोट र चन्द्रागिरि डाँडामा घुइँचो लागे जस्तै पूर्वी जिल्ला तेह्रथुमको चित्रे, पाँचपोखरी, तीनजुरे र संखुवासभाको फेदी, चौकी, मंगलवारे, लामपोखरी, गुफापोखरी र इलामको सन्दकपुरमा यस्तै भीड लाग्छ ।
यी तस्वीरहरू गएको २७ पुसमा चैनपुर नगरपालिकास्थित गुफापोखरी आसपास खिचिएका हुन् । धरानबाट निजी सवारीमा धनकुटाको हिले, वसन्तपुर हुँदै एकै दिनमा गुफापोखरी पुग्न सकिन्छ ।
वसन्तपुरबाट पैदल हिंड्ने हो भने दुई दिन लाग्छ । २८९० मिटर उँचाइको गुफापोखरीबाट कञ्चनजङ्घा (८,५८६ मिटर) र मकालु (८,४६२ मिटर) हिमाल पनि देख्न सकिन्छ ।
गुफापोखरीको अर्को विशेषता भनेको जैविक विविधता हो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गम तथा लालीगुराँसको राजधानी मानिने ‘तिनजुरे–मिल्के–जलजले’ क्षेत्रमा पाइने २६ प्रजातिका गुराँसमध्ये ११ प्रजाति गुफापोखरी पदमार्गमै पाइन्छन् । सुनाखरीका २६ प्रजाति पनि यही क्षेत्रमा भेटिएका छन् ।
गुफापोखरी प्राविकी शिक्षिका हिमा खनाल जाडोमा हिउँ अनुभूति गर्न र गर्मीमा फुलेका थरीथरीका लालीगुराँससँग रमाउन भारतको बिहारबाट समेत पर्यटक आउने