‘वनफूल’ र ‘धन्यवाद’ लाई ‘ह्याट्रिक’
हिरो २३औं हिट्स एफ.एम. म्युजिक अवार्डमा सविन राई एन्ड द फ्यारोहको ‘धन्यवाद’ गीत र दुर्गा परियारको ‘वनफूल’ले तीन तीन विधामा अवार्ड हात पार्न सफल भएको छ ।
सविन राई एन्ड द फ्यारोहको ‘धन्यवाद’ले सर्वोत्कृष्ट समूह गायन विधा, सर्वोत्कृष्ट रक गायन विधा र सर्वोत्कृष्ट पप÷रक संगीत सृजना विधामा अवार्ड हात पार्न सफल भएको हो । गायिका दुर्गा परियारको ‘वनफूल’ले सर्वोत्कृष्ट एकल गायन महिला विधा, सर्वोत्कृष्ट संगीत संयोजन विधा फनिन्द्र राई र सर्वोत्कृष्ट संगीत विधामामा सृजना सुरेश अधिकारीले अवार्ड प्राप्त गरेको हो ।
हिट्स एफ.एम. म्युजिक अवार्ड सर्वोत्कृष्ट नव प्रतिभा गायन विधामा ‘गल्ती’ बोलको गीतबाट बिक्रम बरालले अवार्ड पाए भने सर्वोत्कृष्ट चलचित्र गीत विधामा राजनराज शिवाकोटीको ‘गोजीमा दाम छैन’ बोलको गीतले अवार्ड जितेको छ ।
सर्वोत्कृष्ट महिला गायन पप विधामा छोडेर नजाउ बोलको गीतको लागि आस्था तामाङ मास्केले अवार्ड जित्न सफल भएकी छिन् भने सर्वोत्कृष्ट पुरुष गायन पप विधातर्फ ‘मलाई म जस्तै बन्न देउ’ गीतका लागि शिव परियारले अवार्ड प्राप्त गरेका छन् ।
सर्वोत्कृष्ट एकल गायन पुरुष विधातर्फ ‘तिम्रो याद’मा जून टोलाउँदा टोलाउँदै बोलको गीतको लागि दीप श्रेष्ठले अवार्ड हात पारेका छन् । सर्वोत्कृष्ट युगल गायन विधातर्फ ‘नाच फिरिरी’ गीतका गायक÷गायिका महेश काफ्ले र मेलिना राईले हात पारेका छन् ।
हिट्स एफ एम म्युजिक अवार्डमा सर्वोत्कृष्ट लोक गीत विधातर्फ विष्णु माझी र कुलेन्द्र विकको ‘सालको पात टपरी’ले अवार्ड जितेको छ । सर्वोत्कृष्ट गीति संग्रह तर्फ सुनिता कार्कीको ‘सुनमाला’ले अवार्ड लगेको छ भने सर्वोत्कष्ट रचना विधाको लागि बर्तिका इयम राईको ‘आशा २’ ले अवार्ड लान सफल भएको छ । त्यस्तैगरी सर्वोत्कृष्ट गीत विधामा दिपक बज्राचार्यको मनमगन भएको छ ।
हिट्स एफ.एम. लाईफटाईम अचिभमेन्ट अवार्डबाट बरिष्ठ गायीका ज्ञानु राणा सम्मानित भएकी छिन् । राणाको सिरीमा सिरी, कसैले बुझेन, च्याङबा हो च्याङबा, मान्छेको माया यहाँ, तिम्रो तस्बिर मात्र हेरी लगायत दजर्नौं गीत चर्चित छन् ।
कार्यक्रममा सविन राई एन्ड द फ्यारोह्, मिना निरौला, धर्मेन्द्र सेवान, बर्तिका इयम राई, द सिजन्स ब्यान्ड, दुर्गा परियार लगायतको सांगीतिक प्रस्तुती रहेको थियो ।
हिट्स नेपाल प्रा.लि.ले सनिबार आयोजना गरेको नेपाल प्रज्ञा प्रतिस्ठान कमलादीमा भएको कार्यक्रममा विभिन्न १६ वटा विधामा अवार्ड प्रदान गरिएको थियो ।