टिपरले किचेर दिलीप हत्या प्रक्रणमा क्रसर व्यवसायी विपिन महतो पक्राउ
खोलाको गिट्टीबालुवाको अवैध उत्खननको विरोध गरेपछि टिपरले किचेर एक युवकको हत्या भएको विषयमा अनुसन्धना गर्न धनुषाका क्रसर व्यवसायी विपिन महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बिहान मिल्स एरियास्थित ससुराली घरमा बसिरहेका उनलाई प्रहरीले पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतले हिमाललाई जानकारी दिए ।
विपिन त्यहाँका क्रसर व्यवसायी भएकाले अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस्नेतले टिपर भने कृष्ण महतोको भएको र परिवारको जाहेरी दरखास्त नआएकाले अरु कसैलाई पक्राउ नगरिएको बताए । "साँझसम्म जाहेरी आयो भने सबैलाई पक्राउ गरेर सार्वजनिक गर्छौँ" उनले भने ।
स्थानीय र परिवारका सदस्यले पनि क्रसर व्यवसायी विपिन महतोले तीन दिन अगाडि दिलीपका बुवालाई छोरालाई नसम्झाए मारीदिने धम्की दिएका थिए ।
धनुषाको मिथिला नगरपालिका ५ स्थित औरही खोलामा जथाभावी गिट्टीबालुवा उत्खनन गरिरहेको देखेपछि विरोध गर्दा शुक्रबार बिहान ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर दिलीपको हत्या गरिएको थियो ।