स्वस्थानी ब्रतको पहिलो दिन सालिनदीमा भक्तजनको भिड [फोटो फिचर]
हिन्दु धर्मावलम्बीहरुको पर्व स्वस्थानी ब्रतको आज पहिलो दिन । स्वाथानीका लागि हरेक वर्षको पुस शुक्ल पूर्णिमाबाट एक महिना लामो ब्रत बस्ने प्रचलन रहेको छ ।
एक महिनासम्म चल्ने यस स्वस्थानीमा महिला ब्रत बसेका हरेक घरघरमा स्वास्थानीको कथा सुनाउने परम्परा छ । माघ महात्मेका रुपमा स्वस्थानी कथालाई लिने गरिन्छ ।
यसै अवसरमा हरेक वर्ष पुस शुक्ल पूर्णिमाबाट काठमाडौंको पूर्वी भागमा रहेको सालिनदीमा विशेष मेला लाग्दछ । यस नदीमा स्वर्गबाट अप्सराहरु आएर नुवाइधुवाई गरेर स्वस्थानीको ब्रत बसेको मान्यता अनुसार हिन्दु धर्मावलम्बी महिलाहरु यहाँ पुगेर ब्रत बस्ने र स्नान गर्ने गर्दछन् ।
एक महिनासम्म लाग्ने यसमा मेलामा ब्रत बस्ने र स्नान गर्न जानेहरुको भिड लाग्ने गर्छ । कोही भने पूरै महिना दिनसम्म नै सालिनदीमा ब्रत बस्ने र कथा वाचन चथा श्रवण गर्ने पनि गर्दछन् ।
तस्वीरमा स्वस्थानीको पहिलो दिनको सालिनदी: