उपसभामुखले राजीनामा नदिदा संसद अवरुद्धः देव गुरुङ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा संसद चल्न नसक्नुमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिनु रहेको बताएका छन् । उपसभामुखले राजीनामा दिन तयार नभएकाले संसदमा गतिरोध उत्पत्न भएको बताएका छन् । गुरुङले हिमाल खबरसँग भने–
एउटै दलबाट सभामुख र उपसभामुख बन्न नमिल्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखलाई ह्वीप नलाग्ने भए पनि दल परित्याग गरेको नमानिने कारण अहिले नेकपाकै शिवमाया तुम्बाहाङ्फे उपसभामुख हुनुहुन्छ ।
हाम्रो पार्टीले सभामुख नछोड्ने निर्णय गरेकाले उपसभामुखले राजीनामा दिनुपर्ने हो । उहाँले ४ पुस अगाडि नै राजीनामा दिनुभएको भए सभामुख चयनको बाटो खुलिसक्थ्यो । पार्टीले धेरैपटक आग्रह गरे पनि उहाँले राजीनामा नदिनुभएकाले संसद अवरुद्ध हुँदै आएको छ ।
नेकपाले आग्रह गर्ने हो, ह्वीप लाग्दैन । उहाँले राजीनामा दिएपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने बैठकमा नेकपाले सभामुखमा उम्मेदवारी दिने र उपसभामुखमा अन्य कुनै दललाई समर्थन गर्ने निर्णय भएको छ ।
याे पनि