मौसम सफा हुन थालेपछि जनजीवन सामान्य हुँँदै
दुई साता बढी चिसो स्याँठ र मुटु कमाउने जाडो खेपेका महोत्तरीवासी मौसम सफा हुँदै गएपछि सामान्य हुँदैछन् ।
सोमबारयता क्रमशः पारिलो घाम लाग्दै हुस्सु घटेर स्याँठ चल्ने क्रम पातलिँदै गएपछि जनजीवन सामान्य हुँदै गएको हो ।
ग्त २७ मंसीरको रातभरि पानी परेपछि बढेको जाडोले महोत्तरीसहित मध्यपूर्वी तराईको जनजीवन निकै कष्टकर बनेको थियो । दिनभरि बाक्लो हुस्सु लाग्ने र रातभरि तुषारो परिरहेपछि गत सोमबार अघिसम्म घर बाहिर निस्कन निकै सकस थियो ।
सोमबार मध्याह्न पारिलो घाम देखिएयता लगातार मौसम सफा हुँदै गएको छ । चिसो स्याँठ र राति तुषारो पर्न छाडेपछि जाडो निकै घटेको यहाँका सर्वसाधारणले बताएका छन् । बुधबार बिहानै घाम देखिएपछि नयाँ वर्ष मनाउनेको चहलपहल देखिएको छ ।