सङ्खुवासभाको मकालु गाउँपालिका र चिचिला गाउँपालिकामा सो आयोजना निर्माणाधीन रहेको छ । छ्याङ्कुटीबाट पावरहाउसस्थल दिदिङसम्मको मुआब्जा विवाद अहिलेसम्म मिल्न सकेको छैन ।
स्थानीयवासीले प्रवेश मार्ग आजदेखि अनिश्चितकालीन बन्द गरिदिएका छन् । छ्याङ्कुटीबाट पावरहाउससम्मको २४ किलोमिटर सडकको केही खण्डमा स्थानीयवासीले मुआब्जा पाएका छैनन् । काम शुरु भएको तीन वर्ष बितिसक्दा पनि उचित मुआब्जा नपाएको उनीहरुले जनाएका छन् ।
पहिले १५ मिटरको मुआब्जा दिएर आयोजनाले अहिले ३० मिटर अधिग्रहण गरेको सङ्घर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताए। स्थानीय बासिन्दा, निर्माणको जिम्मा पाएको भारतीय सतलज र स्थानीय प्रशासनसँग सहमति गरेर मुआब्जाको विवाद मिलाउने तयारी भइरहेको लगानी बोर्डले जनाएको छ ।
पावर हाउसमा आउने बाँधको पानीलाई दुईवटा सुरुङमा बाँडेर स्टिल पाइप मार्फत पानी प्रवाह गरेर २२५–२२५ मेगावाट क्षमताका चारवटा टर्वाइन घुमाएर ९०० मेगावाट विद्युत् उत्पादन हुनेछ ।