चिसोका कारण मनाङवासी जिल्ला बाहिर जानेक्रम जारी रहेको छ । पर्यटक, कर्मचारी र जिल्लाभित्र रहेका स्थानीयवासी घरभित्र नै बस्न बाध्य भएका छन् ।
जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक श्रवणकुमार विकले मनाङको तापक्रम माइनस १० पुगेकोे र बेलुकी पख र राति माइनस १६ देखि २० डिग्रीसम्म पुगेको जानकारी दिए ।
उनका अनुसार खानेपानीको मुहान जमेर धारामा पानी आएको छैन, मानिस घरभित्र बस्न बाध्य भएका छन् । माथिल्लो भेगमा रहेका मानिस जिल्ला बाहिर झरिसकेका छन् ।
थोराङ्ला बेसक्यामदेखि मथिल्लो मनाङ सुनसानजस्तै भएको छ । पर्यटक आउने जाने क्रम जारी भए पनि होटल व्यवसायी भने होटलमा कुरुवा राखेर जिल्ला बाहिर पुगिसकेका छन् ।
प्रमुख जिल्ला अधिकारी पुष्परा ढकालका अनुसार तल्लो भेग पनि अधिकांश मानिस जाडाे छल्न जिल्ला छोडी सकेकाले जिल्ला सुनसानझैं भएकाे छ।