उपप्रधानमन्त्री यादव र मन्त्री राईले बुझाए राजीनामा
समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै पार्टीका दुवै जना मन्त्रीले राजीनामा दिएका छन्।
उपप्रधान एवं कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले राजीनामा दिएका हुन्।
संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने प्रयास सफल नभएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हाे ।
संविधान संशोधन गर्न विज्ञ टोली बनाउने भन्दै मन्त्रिपरिषदमा लगेको प्रस्ताव असफल भएपछि पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
पार्टी अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको उल्लेख गरेका छन् ।