पादरीहरुकाे साेंचमा परिवर्तन जरुरी छ: पोप फ्रान्सिस
आधुनिक संसारमा क्रिश्चियन धर्मप्रति कम विश्वास देखिन थालेको भन्दै चर्चको नेतृत्वको ‘सोचमा परिवर्तन’ गर्न जरूरी भएको क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले शनिबार बताएका छन् ।
उनले क्रिश्चियन धर्मप्रतिको विश्वास कम भएको र अझ बेवास्ता हुन थालेको भन्दै सम्बद्ध नेतृत्वको आलोचना गरे ।
“हाम्रा (क्रिश्चियन) सोचविचार र धारणालाई पुनः स्थापित गर्न नयाँ तरिकाको आवश्यकता देखिएकोे छ,” पोपले भेटिकन सिटीका उच्च प्रशासकीय अङ्ग रोमन क्युरियामा भएको क्रिसमसको परम्परागत शुभकामना आदानप्रदान कार्यक्रममा भने ।
पोपले भने, “आज संस्कृति फैलाउने संस्था चर्चमात्र छैन, हामीलाई न त पहिले न धेरै सुनिन्छ ।”
“अहिले हामी क्रिश्चियन धर्मको शासनकालमा छैनौँ किनकि विश्वास खासगरी यूरोप र पश्चिमको ठूलो भागमा सँगसँगै बस्ने पूर्वधारणा सहज छैन, बिग्रिएको र यो प्रायः अस्वीकार गरिन्छ, उपहास गरिन्छ, न्यून संख्यामा रहेको छ र हाँसोको विषय हुन थालेको छ ।”
“परिवर्तन आवश्यक छ र पादरीहरूको सोचमा अझ यो परिवर्तन आउन जरूरी भएको छ,” क्याथोलिक चर्चको इतिहासमा ल्याटिन अमेरिकाबाट पोप बनेका उनले बताए।
सन् २०१३ मा पोप बनेसँगै रूढीवादी तथा शक्तिशाली क्युरियालाई परिवर्तन गर्न खोज्दै आएका फ्रान्सिसले क्युरियाका अधिकारीको स्वतन्त्रता र आर्थिक अधिकारमाथिको विशेष नियन्त्रणको प्रयासमा विफल देखिएको बताइँदै आएको छ ।
विगत क्रिसमसका शुभकामना कार्यक्रममा फ्रान्सिसले क्युरियामा रहेका पादरी र पादरीका समूहमाथि अझ कडा आवाजले आलोचना गरेका थिए । उनले क्रिश्चियन धर्मका नाममा भएका गलत कार्यले धर्मप्रतिको आस्था र विश्वास गुम्ने गरेको भन्दै क्युरियामा रहेको कर्मचारीतन्त्रमा ‘गुट’ र ‘विश्वासघात’ अन्त्य हुनुपर्नेमा जोड दिए।
फ्रान्सिसले धर्मप्रतिको आस्थाको प्रचारप्रसार र सुधारका लागि सञ्चार मन्त्रालय वा विभाग (डिकास्टरिज) जस्ता नयाँ विभागको सिर्जना गरेका छन् । आफ्नो उक्त
कदमले ‘डिजिटाइज कल्चर’ लाई राम्रो व्यवस्थापन गर्नसकिने र विभिन्न विभागमा हुनेगरेका गलत अभ्यासलाई सुधार्न सकिने उनको धारणा रहेको छ ।
शनिबारको सम्बोधनमा फ्रान्सिसले महत्वपूर्ण परिवर्तनको सट्टा ‘विगतमा प्रलोभनका कारण पदाधिकारीहरूको नैतिक पतन’ विरूद्ध चेतावनी दिए ।
उनले थपे, “यस्ता ‘कठोरता’ परिवर्तनको डरबाट उठेका र गलत अभ्यासका रूपमा फैलिएका बताउँदै यसले साझा हित र परिवर्तनमा अवरोध गर्ने गरेको र यसबाट संस्था तथा पदाधिकारीमाथि नै घृणा उत्पन्न गर्ने गरेको छ ।”