राजा विराटको दरवार संरक्षण गर्न संग्रहालय बनाइने
महाभारत कथामा उल्लेख राजा विराटको दरवार संरक्षण गर्न विराटनगर महानगरपालिका जुटेको छ ।
दरवार भएको क्षेत्र विराटनगर १८ भेडियारीमा मानवबस्ती रहेकाले नयाँ ठाउँमा दरबारका अवशेष संग्रह गर्न जग्गा खरीद गरिने भएको छ । मेयर भीम पराजुलीका अनुसार, १० बिगाह जमिन खरीद गर्न १० करोड छुट्याइएको छ ।
नेपाल सरकारले दरवारका ईटाको थुप्रो भेटिएको सानो ठाउँलाई भने केही वर्षअघिदेखि पर्खालले घेरेर सुरक्षित गरेको छ ।
“जमिन खरीद गरेर संघ र प्रदेश सरकारको सहकार्यमा पर्यटकीय क्षेत्र बनाउंने योजना बनाएका छौं”, मेयर पराजुलीले भने । पुरातत्व विभागले दरवार क्षेत्रको उत्खनन गरेर भेटिएका वस्तुहरु संग्रहालयमा राखेको छ ।
मेयर पराजुलीले एडीभीको डेढ अर्बको परियोजनामा पहिलो नम्बरमा विराट राजाको दरवार परेको बताए ।
उनका अनुसार, गत वर्ष जनकपुरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधनका क्रममा विराट राजाको दरवारको पनि वर्णन गरेका थिए । विराट राजा प्राचीन दरवार खोज तथा संरक्षण समितिका अध्यक्ष कमलकिशोर यादवले दरवारका विषयमा बुझ्न हालसम्म १३ वटा देश नागरिक आइसकेको बताए ।
दरवार क्षेत्रमा फेला परेका वश्तुहरु यादवले आफ्नो घरमा संग्रह गरेर राखेका छन् ।
“सी माला र अन्य मुल्य नै नतोकिने पत्थरहरु राखेको छु यसको संरक्षण मैले हैन सरकारले गर्नु पर्छ” यादवले भने । उनले घरको एक कोठालाई संग्राहलय बनाएर प्राचीन वस्तु राखेका छन् । अवलोकन गर्न आउंनेले छुन नसक्ने गरी सीसाको ¥याकभित्र माटोले बनेका पुरातात्विक वस्तुहरु राखिएको छ ।
महाभारतकालमा पाण्डवहरु यस क्षेत्रमा बसेको बताउंने यादवले विराट राजाको दरवारको संरक्षण र प्रचार हुंन सकने प्रदेश कै आकर्षण हुंने बताए ।