पत्रकार रिसालले पत्रकारिताको क्षेत्रबाट राष्ट्र निर्माणमा पुर्याएको योगदानको कदर गर्दै नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा काठमाडाैंमा शुक्रबार आयोजित समारोहमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सम्मान गरिन् ।
त्यसैगरी गुठीले ‘नूर–गङ्गा राष्ट्रिय लोकगायन पुरस्कार–२०७५’ लोकगायिका बीमाकुमारी दुरालाई प्रदान गरेको छ ।
पुरस्कारको राशि जनही रु एक लाख रहेको छ । ‘नूर–गङ्गा साहित्य पुरस्कार–२०७५’ साहित्यका प्रा डा मुरारीप्रसाद रेग्मीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ३० हजार रहेको छ ।
‘क्षेत्रीय नूर–गङ्गा नवप्रतिभा पुरस्कार–२०७५’ लोकगायिका कमला पोखरेललाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु २० हजार रहेको छ ।
‘नूर–गङ्गा बाल प्रतिभा पुरस्कार–२०७५’ बालकवि अरुग्या नेपाललाई प्रदान गरिएको छ । नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको स्थापना विसं २०४९ मा भएको हो ।