झरीमा रुझ्दै खेलाडीहरुले गरे नगर परिक्रमा (तस्वीरहरु)
तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पदक दिलाउने खेलाडीहरुलाई नगरि परिक्रमा गराइएको छ ।
झरीकै बीच खेलाडीहरुले नगर परिक्रमा गरेका थिए ।
त्रिपुरेश्वरबाट सल्लाघारीसम्म पुग्ने रुट तय भए पनि वर्षाका कारण नगर परिक्रमा प्रभावित बन्यो । सडकमा खेलाडीहरु मात्रै देखिए । अभिनन्दनका लागि सर्वसाधरण भने देखिएनन् ।
सागमा नेपालले ५१ स्वर्ण सहित २०६ पदक जितेको छ ।