हिमाली क्षेत्रमा हिमपात (भिडियो)
मौसम बदलीसँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। ६ माघदेखि नै मौसममा आएको बदलीका कारण हिमाली भेकमा हिमपात शुरु भएको थियो।
हिमाल पारिको जिल्ला भनेर चिनिने मनाङमा ८ माघ दिउँसोदेखि हिमपात जारी छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका कर्मचारी ब्रिज गुरुङका अनुसार त्यहाँ दिउँसोदेखि लगातार हिउँ परिरहेको छ। हिमपातका कारण मनाङका बासिन्दा घरबाहिर निस्कन सकेका छैनन्। हिमपातले जनजीवन कष्टकर बने पनि खेतबारीमा लगाइएका आलुलगायतका बाली सप्रिने विश्वासमा किसान दंग छन्।
हिमपातका कारण सरकारी तथा गैरसरकारी कार्यालयहरूमा सेवाग्राहीको संख्या शून्य छ। हिमाली भेकका बासिन्दा जाडो छल्न यसअघि नै सदरमुकामलगायत बजार इलाकामा झरिसकेका छन्।
हेर्नुहोस् भिडियो