शेयर बजार ८ दशमलव ६ अंकले ओरालो
साताको पहिलो कारोबार दिन आज शेयर बजार ८ दशमलव ६ अंकले ओरालो लागेको छ ।
८ दशमलव ६ अंकले ओरालो लागेको बजार ११७९ दशमलव १७ अंकमा पुगेर हो ।
घटेको बजारमा १४३ कम्पनीको रु. ३६ करोड ४५ लाख शेयर किनबेच भएको छ ।
आज सबैभन्दा बढी रकमको शेयर खरीद बिक्री भएको अपर तामाकोशी जलविद्युत् आयोजनाको रु. २३ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ ।
बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजारमा ट्रेडिङ, होटल र फाइनान्स बाहेक सबै उपसूचक ओरालो लागेका छन् ।
घटेको बजारमा ‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स ० दशमलव ६५ प्रतिशतले ओरालो लागेको छ ।
आज ६ दशमलव ०९ प्रतिशतले बढेको नेसनल माइक्रोफाइनान्स धेरै मूल्य बढ्ने कम्पनी र ६ दशमलव ३३ प्रतिशतले घटेको नागरिक लगानी कोष धेरै मूल्य घट्ने कम्पनी बनेको छ ।