अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ फागुनदेखि
दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी ९ देखि १३ फागुनसम्म काठमाडौंमा हुने भएको छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्ने महोत्सवमा ३१ देशका ५९ चलचित्र प्रदर्शन हुनेछन् ।
महोत्सवमा नेपालका ६ वटा फिचर र १० वटा लघु चलचित्र प्रदर्शन गरिनेछ ।
महोत्सवमा सहभागी चलचित्रमध्ये सर्वोत्कृष्ट एउटा फिचर चलचित्रलाई ट्रफी र एक हजार डलरसहित गौतमबुद्ध अवार्ड तथा एउटा लघु चलचित्रलाई पाँच सय डलर र ट्रफीसहित माउण्ट एभरेष्ट अवार्ड प्रदान गरिनेछ ।
महोत्सवमा २०१५ पछिका नेपाली र २०१६ पछि प्रदर्शन भएका अन्तर्राष्ट्रिय चलचित्र देखाइने छ ।