भूकम्पबाट क्षतिग्रस्त ७५३ मध्ये २०५ सम्पदाको मात्र पुनर्निर्माण
१२ वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त देशभरका ७५३ पुरातात्विक स्थल र सम्पदामध्ये हालसम्म २०५ को मात्र पुनर्निर्माण सम्पन्न भएको छ।
क्षतिग्रस्त पुरातात्विक महत्वका स्थल र सम्पदामध्ये ४५० वटाको नक्सा मात्र तयार भएको छ। पुरातत्व विभागका अनुसार बाँकी ९८ वटाको भने लगत मात्र उतार गरिएको छ। भूकम्पबाट १४ जिल्लाका ती सम्पदा क्षतिग्रस्त भएका थिए।
क्षतिग्रस्त सम्पदा संरक्षणमा चीन, भारत र जापानको सहयोग छ। पुनर्निर्माणका क्रममा रहेकामध्ये ७४ वटा सम्पदामा भारत, २८ मा चीन र २ मा जपान सरकारको समेत गरी रु. २ अर्ब १३ करोड सहयोग उपलब्ध भएको विभागले जनाएको छ। सम्पदा पुनर्निर्माणमा नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५-०७६ मा थप रु. १ अर्ब ८ करोड खर्च गर्ने योजना बनाएको छ।