प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर सर्वसम्मत अनुमोदन
संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम अनुमोदन गरेको छ ।
आज सिंहदरबारमा बसेको समितिको बैठकले जबरालाई सर्वसम्मत अनुमाेदन गरेको समिति संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिए ।
समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।