हलिउड स्टार लियोनार्दोले गरे १०० मिलियन डलर दान
ओस्कर अवार्ड विजेता हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले आफ्नो संस्था मार्फत १०० मिलियन अमेरिकी डलर दान गरेका छन्। लियोनार्दो डिक्याप्रियो फाउण्डेसनले जलवायु परिवर्तनका चुनौती विरुद्ध खर्च गर्न उक्त रकम दान गरेको हो।
सन् १९९८ मा स्थापना भएको डिक्याप्रियोको फाउण्डेसनले प्रकृति, वातावरण, वन्यजन्तुको क्षेत्रमा काम गर्दै आएको छ।
लियोनार्दोले जलवायु परिवर्तनबारे जागरुकता फैलाउन र विभिन्न कार्यक्रमका लागि कैयौं देशको भ्रमण गरिसकेका छन्। उनको संस्थाले २० वर्ष पूरा गरिसकेको छ। संस्था स्थापनाको सन्दर्भ जोड्दै उनले भनेका छन्, "२० वर्षअघि फाउण्डेसन स्थापना गर्दा यो एउटै सोचको जगमा उभिएको थियो, हामी सबैभन्दा असरदार पर्यावरण परियोजनाहरुमा रकम खर्चेर वास्तविक अन्तर पैदा गर्न सक्छौं। हामी ती व्यक्तिहरुका लागि धन एकत्रित गर्न चाहन्थ्यौं, जो बढी प्रभाव पार्न सक्छन्।"
लियोनार्डो 'इन्सेप्शन', 'टाइटानिक', 'द रेभनेन्ट' लगायत फिल्ममा अभिनय गरेका छन्। 'द रेभनेन्ट' बाट सन् २०१५ को ओस्कर अवार्ड जितेका थिए।