गंकी-धुस्वाँ पुरस्कार मल्ल र रामेशलाई
यस वर्षको गंकी-धुस्वाँ बसुन्धरा पुरस्कारबाट नेपालभाषाका उपन्यासकार मल्ल के सुन्दर र धुस्वाँ सायमी सिर्जना पुरस्कारबाट जनगायक रामेशलाई सम्मान गरिने भएको छ।
गंकी-धुस्वां बसुन्धरा प्रतिष्ठानले प्रत्येक दुई वर्षमा नेपालका विभिन्न भाषाका उपन्यासकारलाई गंकी-धुस्वां बसुन्धरा पुरस्कारबाट तथा नेपाली कला एवं संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई धुस्वाँ सायमी सिर्जना पुरस्कार प्रदान गर्दै आएको छ।
प्रतिष्ठानका अध्यक्ष डा अरुण सायमीको अध्यक्षतामा बसेको बैठकले नेपालभाषा साहित्यको उपन्यास विधामा नयाँ धार र नयाँ चिन्तनयुक्त उपन्यास सिर्जना गरेवापत उपन्यासकार मल्ल र नेपालको जनपक्षीय संगीत क्षेत्रमा नेतृत्वदायी योगदान पुर्याएवापत जनगायक रामेशलाई सम्मान गर्ने निर्णय गरेको हो। दुवै जनालाई १ माघमा पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।