चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशमा सिफारिस
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम प्रधानन्यायाधीशमा सिफारिस भएको छ ।
आज बसेको संवैधानिक परिषद्को बैठकले जबराको नाम सर्वसम्मत सिफारिस गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
आगामी १७ पुसमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण अवकाश पाउँँदैछन् ।
न्यायपरिषद्ले भावी प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो ।