उत्कृष्ट १२ पुगेर बाहिरिइन् श्रृंखला
सन् २०१८ को मिस वर्ल्डको अन्तिम प्रतिस्पर्धामा नेपालकी श्रृंखला खतिवडा उत्कृष्ट १२ बाट बाहिरिएकी छन् ।
श्रृंखला एशिया एण्ड ओसियानाबाट उत्कृष्ट १२ मा पुगेकी थिइन् । उनीसँगै एशिया एण्ड ओसियानाबाट न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । जसमा थाइल्याण्डकी निकोलेन मिस एशिया बनिन् ।
यो वर्ष पाँच महादेशबाट उत्कृष्ट १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै उत्कृष्ट ५ छनोट गरिएको हो ।
यसअघि श्रृंखला मल्टिमिडिया तथा ब्यूटी वीथ पर्पसको टाइटल जितेर अन्तिम ३० मा प्रवेश गरेकी हुन् ।
मिस वर्ल्ड २०१८ मा १२१ देशले सहभागिता जनाएका छन् ।
पढ्नुहोस् ।