एक दिने भ्रमण सकेर फर्किए चिनियाँ रक्षामन्त्री फेङ्गवे
नेपाल भ्रमणमा आएका चीनका रक्षामन्त्री वेई फेङ्गवे आइतबार साँझ स्वदेश फर्किएका छन्। नेपालमा रहँदा फेङ्गवेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटघाट गरे।
आणविक हातहतियारको खर्च शान्ति र मानवताको हितमा उपयोग गर्न राष्ट्र संघ महासभामा नेपालको प्रस्ताव
नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।