कीर्तिपुरेको नाक काट्न तामाङहरूको प्रयोग!
पृथ्वीनारायण शाहले कीर्तिपुर जित्नुअघि तामाङहरूको बसोबास भएको कान्तिपुर अधीनस्थ नुवाकोट र तिमाल क्षेत्र विजय गरेका थिए। पछि, १८२२ चैतमा कीर्तिपुर जितेपछि त्यहाँका नेवारको नाक र ओठ काट्न तामाङहरूलाई प्रयोग गरिएको लिखत फेला परेको छ।
किपट बन्धकीले बसाइँ हिँड्न बाध्य लिम्बू
किपटीया लिम्बूहरूसँग प्रशस्त जमिन थियो भने गैरकिपटीया साहुहरूसँग रूपैयाँ। ती साहुसँग पैसा लिई लिम्बुहरूले जग्गा बन्धकी दिए। अनेक तरिकाले जग्गा लिम्बूहरूको हातबाट फुत्किन गइ रैकरमा परिणत भए। अनि, लिम्बूहरूमा ‘सुभाङ्गी’ प्रथाप्रति नै वितृष्णा छायो।