HimalKhabar.com :: A Complete Nepali Political News Portal
क्रिकेट
विक्रम न्यौपाने क्रिकेट टोलीको पूर्णकालीन फिजियो नियुक्त, व्यवस्थापकको पनि जिम्मेवारी नेपाल क्रिकेट संघ (क्यान) ले विक्रम न्यौपानेलाई राष्ट्रिय टोलीको पूर्णकालीन फिजिओ नियुक्त गर्दै समन्वय र व्यवस्थापनको जिम्मा पनि दिएको छ। क्यानले अर्को निर्णय नभएसम्म व्यवस्थापकको थप जिम्मेवारी दिएको जनाएको छ।
नेपाली क्रिकेट टोलीको नामिबिया भ्रमण स्थगित लिग–२ अन्तर्गत नेपालले नामिबिया र स्कटल्याण्डसँग अप्रिल २० देखि २७ सम्म चार वटा एकदिवसीय खेल खेल्ने कार्यक्रम थियो। अब सदस्य तथा सरोकारवालाहरुसँगको सल्लाहमा नयाँ मिति तय हुने आईसीसीले जानकारी दिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए।