HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
भदौ महीनाको विद्युत् महसुल २२ असोजसम्म बुझाउँदा जरिवाना नलाग्ने नेपाल विद्युत् प्राधिकरणले भदौ महीनाको विद्युत् महसुल २२ असोजसम्म बुझाउँदा जरिवाना नलिने निर्णय गरेको छ। २२ असोजसम्म बुझाउँदा जरिवाना नलिने, २३ देखि ३० असोजसम्म बुझाउँदा भने पाँच प्रतिशत मात्रै जरिवाना लाग्ने र त्यअसघि जरिवाना लिइसकेकाको हकमा असोजको बिलमा समायोजन गरिने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए।
विद्युत प्राधिकरण सञ्चित मुनाफामा पुग्यो, वार्षिक नाफा रु. ११ अर्ब नाघ्यो  नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७ मा रु.११ अर्ब ५ करोड नाफा गरेको छ। प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार लामो समय घाटामा रहेको यो संस्था पछिल्ला चार वर्षयता निरन्तर नाफामा छ।