HimalKhabar.com :: A Complete Nepali Political News Portal
उकालो लाग्दा
फोटोग्राफीको लोकतन्त्रीकरण सेल्फीको जमानामा छौं हामी, तर डिजिटल फोटोग्राफीको फराकिला सम्भावना पनि खोतलिंदैछन् ।
ती साहसी जसले तत्कालको निर्णयबाट क्षति रोक्छन् र पर्दा पछाडि जान्छन्
ती साहसी जसले तत्कालको निर्णयबाट क्षति रोक्छन् र पर्दा पछाडि जान्छन् -कनकमणि दीक्षित खतरनाक लोकरिझ्याइँको प्रभाव विरुद्ध लेख्नु तुलनात्मक रुपमा सजिलो हुन्छ, किनकि प्रतिक्रियामा भौतिक हमलाको खतरा अलि कम हुन्छ । तर, ‘मब् फ्युरी’ विरुद्ध तत्कालै निर्णय लिई आक्रमणकारीहरुकै सामु पीडितको बचाउमा अघि सर्ने साहस अतुलनीय हुन्छ । यस्ता ‘इन्स्टिङ्कटिभ् साहस’ देखाउने व्यक्तिहरू ‘मैले यस्तो गरें, उस्तो गरें’ भन्दै बढाइचढाइ गर्दै हिंड्ने खालका हुँदैनन् । तत्क्षणको माग अनुसार जे गर्नु थियो त्यो गरिसकेपछि स्वभावतः पर्दा पछाडि जान्छन् । साहसको क्षणलाई भजाउने कोशिश गर्दैनन् ।
‘सफ्ट पावर’ प्रक्षेपण देशैभर स्थानीय सरकार निर्वाचित भएको राजनीतिक स्थिरताको जग मजबूत छ । राजनीति धुमिल पार्ने विदेशी हस्तक्षेप पनि अब कम हुने देखिएकोले सफ्ट पावरलाई परिचालित गर्ने बेला भयो ।...हिमाल, पहाड, तराईको पर्यटकीय सम्भावनाहरूले पनि नेपाललाई सफ्ट पावर दिएको छ, जसको लाभ आजसम्म जनतामाझ पर्याप्त पुग्न सकेको छैन । - कनकमणि दीक्षित