HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
भक्तपुरमा कोरोना सङ्क्रमित १ जना पुरुषको मृत्यु निमोनिया भएर उपचारका लागि भक्तपुर अस्पताल आएका एक बिरामीको कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणबाट आज मृत्यु भएको छ। भक्तपुर नगरपालिका–३ मंगलाछेका एक ८२ वर्षीय पुरुषको मृत्यु भएको हो। उपचारका क्रममा मृत्यु भएका ती पुरुषमा  कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। 
कोरोनामुक्त भएपछि आइसोलेसन वार्डलाई रु.५० हजार सहयोग दिने घोषणा जिल्ला स्वास्थ्य कार्यालय मुगुका लेखापाल सुरेशकुमार केसीले आफू कोरोनाभाइरस संक्रमणमुक्त भएपछि जिल्ला अस्पतालको आइसोलेसन वार्डलाई दुई महीनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्।