HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञामा कडाइ गर्न मेयरहरूको सुझाव, तीन जिल्लाका सिडिओको बैठक जारी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई कडाइ गर्न स्थानीय सरकारका प्रमुखहरूले सुझाव दिएका छन्। उपत्यका नगरपालिका मेयर फोरमको आज बसेको भर्चुअल बैठकले जारी निषेधाज्ञालाई थप एक साता कडाइ गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सुझाव दिएको हो। 
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने/नथप्नेबारे तीन जिल्लाका सीडीओ छलफलमा भक्तपुरकी सीडीओ हुमकला पाण्डेले आफूहरुबीच भएको छलफलको निष्कर्ष गृहमा पठाउने र गृहबाट आएको सुझावको आधारमा भोलि फेरि छलफल गरेर निर्णय गर्ने बताइन्।