प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमाल कोरोना संक्रमणमुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल कोरोना संक्रमणमुक्त भएका छन्। उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू कोरोनामुक्त भएको जानकारी गराएका छन्।
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन सरकारको आग्रह
सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अन्य जिल्लाको तुलनामा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अनुरोध गरेको हो।