काठमाडौं उपत्यकामा २१२९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा २१२९ जना कोरोना संक्रमित थपिएका छन्। यससहित देशभर मंगलबार ३५५६ जनामा कोरोना संक्रमण देखिएको छ।
'चाडपर्व मनाउँदा सामाजिक दूरी कायम गर्न र टाढैबाट नमस्कार वा अभिवादन गर्न' स्वास्थ्य मन्त्रालयको अपिल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाड पर्व, जात्रा तथा उत्सव मनाउँदा कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालन गर्न अपिल गरेको छ। मन्त्रालयले सबै किसिमका चाड पर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घर परिवारका व्यक्ति बाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्नसमेत सबैलाई अपिल गरेको छ।