HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पदा
सिला बन्दै शिलालेख सम्पदाको ऐतिहासिक र पुरातात्विक प्रमाण शिलालेख संरक्षणमा पर्याप्त चासो र चिन्ता नगरिंदा भएका अमूल्य शिलालेखहरु पनि हराउने/नष्ट हुने अवस्थामा छन्।
पुनर्निर्माण शुरु भएन हनुमानढोका दरबार क्षेत्रका अधिकांश सम्पदाको भूकम्प गएको तीन वर्ष पुरा भइसक्दा पनि विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका अधिकांश सम्पदाको पुनर्निर्माण शुरु भएको छैन ।
सम्पदामाथिको शुद्धिहीन व्यवहार
सम्पदामाथिको शुद्धिहीन व्यवहार वसन्त महर्जन हिन्दू वा बौद्ध सम्प्रदायविशेषको आग्रह राखेर गरिने दाबीले इतिहास अध्ययनमा अर्थ राख्दैन। पहिले कुलीन खसहरूको शव गाड्दा बनाएको वास्तु नै अहिलेका देवलहरू हुन् भन्न सकिन्छ। त्यसकारण यो पूजास्थल नभई चिहान हो। शव गाड्ने चलन हराएसँगै देवलहरू उपेक्षित र रहस्यमय हुन थालेको अनुमान गर्न सकिन्छ। केही वर्षअघि दैलेखको भूर्ती पुगेकी अनेरास्ववियूकी अध्यक्ष नविना लामाले देवलमा चढेर खिचेका फोटाहरू 'फेसबूक' मा पोष्ट गरेकी थिइन्। ती फोटालाई सयौंले लाइक गरे भने कतिले कुन ठाउँको हो भनेर सोधेको देखियो, त्यो उछलकुदको उपयुक्ततामाथि भने कसैले टिप्पणी गरेनन्। तर उनी जत्तिको नेतृबाट समाजले कहिल्यै त्यस्तो 'सेन्सलेस एक्ट' को अपेक्षा राखेको हुँदैन।