HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
केन्द्र र प्रदेशमा छुट्टाछुट्टै प्रहरी संघीय नेपालको केन्द्र र प्रदेशमा बेग्लाबेग्लै प्रहरी संगठन रहने हुँदा केन्द्र–प्रदेश तथा प्रदेश–प्रदेशमा प्रहरीबीचको सम्बन्ध र समन्वय चुनौतीपूर्ण बन्न सक्छ। 
विज्ञापन बजार दोब्बर विस्तार!
विज्ञापन बजार दोब्बर विस्तार! विदेशी च्यानलका प्रसारणलाई 'क्लिन फिड' बनाउने नीति लागू हुँदा दर्शकले विना विज्ञापनका कार्यक्रम हेर्न त पाउँछन् नै, नेपाली विज्ञापन बजारले पनि करीब दोब्बर वृद्धिको अवसर पाउनेछ। आमसञ्चार क्षेत्रको नीतिगत, संरचनागत र कानूनी सुधार सम्बन्धमा अध्ययन गरी सुझाव पेश गर्न मन्त्रिपरिषद्ले २० माघ २०७२ मा गठन गरेको सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले ५ साउनमा बुझाएको 'राष्ट्रिय आमसञ्चार नीति, २०७३' को मस्यौदा ७ साउनको मन्त्रिपरिषद्ले पास गरेको छ। साथै विज्ञापनरहित (क्लिन फिड) नीति, २०७३ पनि पारित गरेको छ। मस्यौदामा 'टेलिभिजन सिग्नल वितरक तथा केबुल वितरकहरूले विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनरहित (क्लिन फिड) नीति अनवलम्बन गर्ने' व्यवस्था छ।