HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
उपसभामुखले आफ्नो राजीनामा माग्नेसँग चित्तबुझ्दो जवाफ खोज्ने एक अध्यक्षले प्रष्ट जवाफ नदिने र अर्काले भेटै नदिएकाले पनि उपसभामुख तुम्बाहाङ्फे बेवास्ता गरिएको बुझाइमा पुगेकाे देखिन्छ । त्यसैले पनि उनी राजीनामा गर्नुपर्ने चित्तबुझ्दो जवाफको खोजीमा छन् ।
राजधानी जनकपुर निश्चित, नामकरणमा फरक प्रस्ताव दुई नम्बर प्रदेश संसदमा अहिले देखिएको संसदीय समीकरणले नेपालको संविधान–२०७२ अघिको संविधानसभालाई झल्को दिन्छ । किनभने, दुई नम्बर प्रदेशमा तीन दल नमिलेसम्म नामकरण गर्न आवश्यक सा‌ंसद संख्या पुग्दैन ।
देउवालाई 'स्टेट्सम्यान' बन्ने अवसर
देउवालाई 'स्टेट्सम्यान' बन्ने अवसर -शंकर तिवारी राष्ट्रिय राजनीतिको गाँठो फुकाउन 'किंकर्तव्यविमूढ' कांग्रेस नेतृत्वले पहलकदमी लिने हो भने देउवालाई स्टेट्सम्यान बन्न कसैले रोक्न सक्तैन। अनुभवका हिसाबले तीन–तीन पटक प्रधानमन्त्री भएका देउवा समकालीन राजनीतिमा सर्वोच्च 'स्टेट्सम्यान' को दर्जामा देखिन्छन्। तर, उनको 'स्टेट्सम्यानसिप' भने पार्टी सभापतिका रूपमा राष्ट्रिय राजनीतिका पछिल्ला समस्या समाधानमा चाल्ने कदममा निहित छन्।  विगतका आधारमा भन्ने हो भने, देउवा निष्ठाभन्दा व्यवहारवादी राजनीतिका पक्षपाती लाग्छन्। तर, यतिबेला उनले निष्ठाको नेता बन्दै शक्तिका प्रति अनासक्त भएर राजनीतिक घटनाक्रम र जनचाहना नियाल्न सक्नुपर्छ।