हिमालय एअरलाइन्सले पाएको ‘सेल्फ ग्राउण्ड ह्यान्डलिङ’ सेवा कार्यान्वयन नगर्न मन्त्री भट्टराईको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमालय एअरलाइन्सले पाएको ‘सेल्फ ग्राउण्ड ह्यान्डलिङ’ (आफैं भूमिस्थ प्रबन्ध) सेवा तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन्। मन्त्री भट्टराईले आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमै बोलाएर यस्तो निर्देशन दिएका हुन्।
हिमाल आरोहणका लागि बहराइनका राजकुमारको टोली काठमाडौंमा, करीब सात हप्ता नेपालमा रहने
कोभिड-१९ का कारण ठप्प भएको हिमाली गतिविधि चलायमान बनाउन सहयोग पुर्याउने गरी बहराइनका राजपरिवारको एक टोली हिमाल आरोहणमा जाँदैछ। खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा गोरखाको मनास्लु हिमाल आरोहण गर्न १८ जनाको टोली काठमाडौं आइपुगेको हो।