HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
काठमाडौं–हेटौंडा सुरुङमार्ग: पाँच वर्षमा सञ्चालनमा ल्याउने भनिएको काठमाडौं–हेटौंडा सुरुङमार्गको काम आयोजना पूरा हुनुपर्ने समयसम्म पनि शुरू नहुनुमा अधिकांश शेयरधनी कम्पनी अध्यक्ष कुशकुमार जोशीलाई जिम्मेवार ठान्छन्।
फ्लोरा अफ नेपाल: माल पाइयो चाल पाइएन
फ्लोरा अफ नेपाल: माल पाइयो चाल पाइएन आधारभूत पूर्वाधार र दक्ष जनशक्ति नभएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले वनस्पति विभागको जिम्मेवारीमा हस्तक्षेप गर्दा वनस्पति सम्पदाको वैज्ञानिक विवरण (फ्लोरा) प्रकाशन रोकिएको छ। वनस्पतिशास्त्रीहरूका अनुसार नेपालमा फूल फुल्ने प्रजातिका वनस्पति करीब सात हजार छन्, जसमध्ये ४ हजार ५८६ प्रजातिको मात्रै नमूना संकलन भएको छ। नेपालका वनस्पतिका धेरै प्रजाति टोकियो, इडिनबरा, कलकत्ता बोटानिकल गार्डेनलगायतमा पुगिसकेका छन्। वनस्पतिशास्त्री डा. तीर्थबहादुर श्रेष्ठ आफ्नै देशको वनस्पति पहिचान गरेर बेलैमा फ्लोरा प्रकाशन गर्न नसक्नुलाई 'माल पाएर चाल नपाएको' भन्छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसदमा दिएको वक्तव्यको पूर्ण पाठ
प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसदमा दिएको वक्तव्यको पूर्ण पाठ "७ माघ २०७४ भित्र सबै तहको निर्वाचन सम्पन्न गरी संविधानको कार्यान्वयन तथा संघीयतालाई संस्थागत एवं सुदृढ गर्नु छ । त्यसैले, निर्वाचनजस्तो संवेदनशील विषयमा राजनीतिक लाभहानि नहेरी उपयुक्त वातावरण बनाउन म सबै दलहरूलाई विशेष आव्हान गर्छु । सातै प्रदेशमा एक–एक पर्नेगरी सरकारी मेडिकल कलेज स्थापनाको काम तत्काल शुरु गरिने छ । यसै वर्ष कम्तिमा १ लाख ५० हजार नागरिकलाई विद्युतीय राष्ट्रिय परिचय पत्र दिइने छ ।  छ महिनाभित्र एक सयवटा लामा र स्तरीय ठूला बस खरिद गरेर काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, विरगञ्ज, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरा, सुर्खेत र घोराही लगायत शहरमा नगरपालिकामार्फत् सञ्चालन गरिनेछ । आगामी ६ महिनाभित्र उपत्यकाका ट्याक्सी सवारी प्रयोगकर्ताले कम्प्युटर विल प्राप्त गर्न सक्ने व्यवस्था गरिने छ । "
पाइलैपिच्छे दुर्व्यवहार
पाइलैपिच्छे दुर्व्यवहार “पुरुषै पुरुष च्याम्बरमा बस्ने, उनीहरूका बीचमा म एक्ली । उनीहरूका बीचमा यस्ता कुरा हुने कि त्यो कुराले नै मलाई पीडा हुन्थ्यो, त्यहाँनेर चाहिं मलाई एक–दुई जना अरू महिला न्यायाधीश भएको भए कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो । यो खालको विभेद कहाँ चाहिं छैन होला?" लैंगिक हिंसा विरुद्धको चर्को स्वर र प्रष्ट कानूनी प्रावधान हुँदाहुँदै पनि महिला जताततै यौनजन्य दुर्व्यवहार खेप्न बाध्य छन् । "भोलिपल्ट ‘राजीनामा दिन्छु’ भनेर अफिस गएँ । मैले राजीनामाको कुरा गर्नुअघि नै उनले आफूले ‘गल्ती गरेको भए माफी दिन’ अनुरोध गरे । श्रीमती ‘प्रिगनेन्ट’ भएकोले आफू अलि अनियन्त्रित भएकोसम्म भन्न भ्याए ।"
“डाक्टर” बनाउने धन्दा
“डाक्टर” बनाउने धन्दा ‘नेपाली डाक्टर उत्पादन गरिरहेको’ गफ गर्ने मेडिकल कलेज संचालक पैसाका लागि नेपालीलाई रूसी वा भारतीय प्रमाणित गर्नेसम्मको पत्याउनै मुश्किल पर्ने कृत्य गरिरहेका छन् । यो सँगै अरू प्रश्न उठ्छ– हाम्रो कानून निमुखाका लागि मात्र हो ? धनी र शक्तिशालीका सन्तान जतिसुकै अयोग्य भए पनि तिनलाई मेडिकल डाक्टरको डिग्री पाउने सुविधा हाम्रो राज्यले दिनुपर्ने हो ? पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजले ११ वर्षमा पढाएका कुल १ हजार ३५३ विद्यार्थीमा ६१३ मात्र नेपाली थिए ।  त्यस्तै, भरतपुरको कलेज अफ मेडिकल साइसेन्ज (सीओएमएस) ले १० वर्षमा नेपालीभन्दा करीब दोब्बर विदेशी विद्यार्थी भर्ना लियो । कलेजले २००२–०१२ मा ३६२ नेपाली र ६७० जना भारतीय विद्यार्थीलाई स्नातकको उपाधि दियो । २००५ मा एमबीबीएसको ११५ सीटमा त ८० जना भारतीय विद्यार्थीले स्नातकको उपाधि पाए । सन् १९९७ बाट एमबीबीएस पढाउन थालेको नेपालगञ्ज मेडिकल कलेजले पनि २००३ देखि २०१२ सम्ममा उत्पादन गरेका ९८६ डाक्टरमध्ये ५५५ विदेशी र ४३१ जना नेपाली थिए । कलेजबाट २००७ मा एमबीबीएस उत्तीर्ण ७३ विद्यार्थीमध्ये १९ जना मात्र नेपाली थिए ।
लोकतन्त्रको उपहास राज्यनिर्मित ‘मौन संस्कृति’ ले स्वतन्त्र आवाजहरू बन्द गराउन थालेको दृष्टान्त हो, २९ वर्षदेखिको हिमाल साउथएशियन को प्रकाशन स्थगन । अब पनि आ–आफ्ना ‘कम्फर्ट जोन’ भन्दा बाहिर निस्केर विवेकपूर्ण सोच नराखिए मौलाउँदै गरेको ‘मौन संस्कृति’ ले सबै स्वतन्त्र आवाजहरू नै बन्द गराउन सक्छ ।
दुर्घटना या हत्या !
दुर्घटना या हत्या ! प्रचलित कानूनको खिल्ली उडाउँदै पैसा, पहुँच र पाखुराको बलमा सञ्चालित यातायात व्यवसायीको सिन्डिकेटलाई दल र सरकारी अधिकारीले साथ दिंदा निर्दोष नेपाली दिनहुँ अकालमा मर्न बाध्य छन्। बृहत् नेपाली शब्दकोशका अनुसार दुर्घटना भनेको 'कुनै व्यक्ति वा वस्तुको हानि वा क्षति हुने आकस्मिक घटना, अपर्झट आइपरेको कष्टपूर्ण वा अशुभ घटना, नसोचेको वा काबु भन्दा बाहिरको घटना हो।' तर, दैनिक ६ जनाको ज्यान लिने गरी नियमित बनेको दुर्घटनालाई अप्रत्यासित वा काबु बाहिरको परिस्थिति भन्न कदापि नसकिने संसदीय अध्ययन उपसमितिका संयोजक यादव बताउँछन्। उनी भन्छन्, “सरकार र सिन्डिकेटका कारण जानाजान भइरहेको हत्यालाई दुर्घटना कसरी मान्न सकिन्छ?”
राजनीतिका नयाँ तुरुप: विमलेन्द्र निधि
राजनीतिका नयाँ तुरुप: विमलेन्द्र निधि एमाले–माओवादी गठबन्धन तोडेर माओवादी–कांग्रेस सहकार्य सम्भव पार्ने कांग्रेस नेता विमलेन्द्र निधि नेपाली राजनीतिका 'गेम चेञ्जर' का रुपमा देखिएका छन्। चरम अविश्वासको तहमा झरेको कांग्रेस–माओवादी सम्बन्धलाई अविश्वसनीय रूपमै सहकार्यमा लगेर नयाँ सत्ता गठबन्धन बनाउने प्रमुख खेलाडी हुन्– कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि। विमलेन्द्र कार्यकर्तामाझ् 'विमल दाइ' का रूपमा चिनिन्छन्। मधेशका मुद्दामा आक्रामक रूपमा पेश हुनथालेका उनी मधेशी समाजमा निर्णायक मानिने जातीय समीकरण मिलाएर कांग्रेसको प्रभाव फर्काउन सफल हुन्छन् या थप जातिवादी भएर निस्कन्छन्, अब उनले लिने निर्णय र खेल्ने भूमिकामै निर्भर हुनेछ।
आन्दोलनरत मोर्चालाई सत्ताको हुटहुटी
आन्दोलनरत मोर्चालाई सत्ताको हुटहुटी संविधान पुनर्लेखनको माग राखी नाका अवरोध, बन्द, हडताल गरी महीनौंसम्म मुलुक ठप्प पारेको मधेशी मोर्चा संविधान संशोधनमार्फत ‘फेस सेभिङ’ गरेर सत्तामा होमिने हतारोमा देखिन्छ । मोर्चामा आवद्ध तर सांसद नभएका नेताहरु सरकारमा गइहाल्न नहुने धारणा राखछन्,  सांसद रहेकाहरुलाई भने सत्तामा पुग्न हतार भइसकेको छ । “संविधान पुनर्लेखनको माग राख्दै आएको मोर्चाले संविधान संशोधन भए पुग्छ भन्नु आफैंमा सकारात्मक हो” विश्लेषक तथा सांसद् राधेश्याम अधिकारी भन्छन्, “आफूले उठाएकामध्ये तत्काल कुन कुन माग पूरा हुन्छन् भन्ने उहाँहरूले बुझ्नु भए जस्तो छ ।” 
चीनलाई नेपालमा जम्न नदिने ब्रिटिश नीति
चीनलाई नेपालमा जम्न नदिने ब्रिटिश नीति -ज्ञानमणि नेपाल “चीनलाई नेपालमा जम्न ब्रिटिश सरकारले कहिल्यै दिने छैन”, सं. १९६४ मा अंग्रेज रेजिडेन्ट जेम्यानर्स स्मिथले बोलेको यही वाक्य अहिले २०७३ सालमा पनि स्वतन्त्र भारतका नेपालनीतिका जानिफकारहरू दोहोर्‍याइरहेका छन्। भारतले बारम्बार नाकाबन्दी गरेर नसताएको भए नेपालले पुरानो मित्रराष्ट्र चीनसँग बेपार, पारवहन तथा यातायात सन्धि गर्थ्यो त? अहिले भारतमा सञ्चार माध्यमले कोकोहोलो मच्चाइरहेका छन्, के भन्नु? त्यसबेला ब्रिटिश भारतका अधिकारीहरू चीनको त्रास देखाएर नेपालमा आफ्नो प्रभाव जमाउन चाहन्थे। महाराजले पनि त्यो अनुभव गरेकै थिए। ब्रिटिश अधिकारीहरू भने सधैं यही कुरा उठाइरहन्थे। चीनको हाउगुजी देखाएर नेपाललाई कजाउने ब्रिटिश सरकारको नेपाल नीति थियो। आश्चर्य, आज डेढ सय वर्षपछि स्वतन्त्र भारतको नेपाल नीति त्यही छ।