HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
स्वतन्त्रताका सारथि: राधेश्याम अधिकारी सांसद् तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी चार दशकदेखि लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारको पक्षमा पैरवी गरिरहेका छन्।
बहुआयामिक बौद्धिक: पीताम्बर शर्मा
बहुआयामिक बौद्धिक: पीताम्बर शर्मा योजनाविद् प्रा.डा. पीताम्बर शर्माले अधिकार, विकास, शहरीकरण, पर्वतीय पर्यटन, बसाइँसराइ र वातावरणदेखि राज्यपुनर्संरचनासम्मका विषयमा महत्वपूर्ण विचार दिइरहेका छन्। अमेरिकाको कर्नेल युनिभर्सिटीबाट 'अर्बनाइजेसन एण्ड रिजनल प्लानिङ' मा विद्यावारिधि शर्माको दक्खल शहरीकरण र बसाइँसराइमा मात्र सीमित छैन। अनरिभलिङ द मोज्याकः स्पाटियल एस्पेक्टस् अफ इथ्निसिटी इन नेपाल (२००८), मार्केट टाउन्स इन द हिन्दू कुश–हिमालयज (२००१), टुरिज्म एज डेभलपमेन्ट (२०००), अर्बनाइजेसन इन नेपाल (१९८९) जस्ता पुस्तक उनको बहुआयामिक व्यक्तित्व दर्शाउन पर्याप्त छन्। प्रोफेसर शर्माले विकास, पर्वतीय पर्यटन, आर्थिक तथा वातावरणीय योजनालगायतका क्षेत्रमा सम्झ्नलायक काम गरेका छन्।
अद्भुत अन्तर्राष्ट्रिय नागरिकः कुलचन्द्र गौतम कुलचन्द्र गौतमले नेपाली जनताले भोगिरहेको संक्रमणकाल र राजनीतिक अस्थिरताबारे ताली र ‘रेकग्निशन’ विनै संसारलाई बुझाइरहेका छन् ।
  चन्द्रशम्शेरको  स्वतन्त्रतामा जोड
चन्द्रशम्शेरको स्वतन्त्रतामा जोड ज्ञानमणि नेपाल कोही नेपालमाथि थिचोमिचो गर्न आयो भने चाहिं नेपालीहरू नेपालको शानको लागि ज्यान फाल्न पनि तयार हुने महाराजले बताएका छन्। लाछी भएर बाँच्नु भन्दा लडाईंमा वीरगति पाउनु कता हो कता ठूलो कुरा हो भन्दै महाराजले रेजिडेन्टलाई सम्झाए, “आफ्नो स्वतन्त्रता बचाउनलाई नेपाल कहिल्यै पछि हट्ने छैन, हाम्रा मित्र ब्रिटिशले पनि त्यस्तो कुरा गर्ने छैनन् र नेपाललाई स्वतन्त्र राख्नमा तिनको पनि भलाइ छ।” पहिले जंगबहादुरले ब्रिटिश रेजिमेन्टमा गोर्खाली रिकुट भर्ना हुन दिएनन्, बरु भर्ना गर्न लैजानेलाई ज्यान सजायसम्म दिए। रणोद्दीप सिंहको पालामा पनि यो कुरा कायम रह्यो। युवालाई बाहिर जान दिंदा मुलुककै तागत घटछ, देश कमजोर हुन्छ भन्ने नेपालीका मनमा रहेको जान्दाजान्दै पनि आफूले दोस्तीको खातिर त्यो प्रतिबन्ध फुकुवा गरेको महाराजले बताए।