HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
लडाकू 'फेलो' 'टिच फर नेपाल' मार्फत गाउँमा पढाउन गएका स्वयंसेवी युवाले दक्षिणी ललितपुरका सरकारी विद्यालयहरूमा देखिनेगरिको परिवर्तन ल्याएका छन्।
नेपाल भारत सम्बन्ध: जहाँको त्यहीं
नेपाल भारत सम्बन्ध: जहाँको त्यहीं नाकाबन्दीले बिगारेको नेपाल–भारत सम्बन्ध सुधारका निम्ति 'कोसेढुंगा' सावित हुने अपेक्षा गरिएको भारतीय राष्ट्रपतिको भ्रमणले शिष्टाचारको उच्चतम सन्देश दिए पनि सम्बन्ध सामान्यावस्थामा फर्कने संकेत भने गरेन। “जुन विषयमा भारत नाखुस भयो भनिएको हो त्यो त यथावत् नै छ”, भारतका लागि नेपाली राजदूत रहिसकेका प्राध्यापक लोकराज बराल भन्छन्, “वातावरण केही फेरियो होला, भाषा–शैली बद्लियो होला, तर सम्बन्धमा तात्विक फरक आएको देखिंदैन।” “राष्ट्रपतिको भ्रमणले नेपाल–भारतबीचको सम्बन्ध सुधार प्रक्रियामा एउटा आयाम थपेको छ”, पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा भन्छन्, “तर, द्विपक्षीय सम्बन्धमा देखिएका समस्या भने यथावत् नै देखिन्छन्।”
सत्कर्मको उज्यालो: गिरानचौर एकीकृत बस्ती महाभूकम्पले लतारेको डेढ वर्षमा पनि सरकारले पुनःनिर्माण थाल्न नसकेर निराशा चुलिएको बेला हास्यकलाकार दम्पती धुर्मुस र सुन्तलीले सिन्धुपाल्चोकको गिरानचौरमा आशाको झण्डा ठड्याएका छन्। गरीबी, अशिक्षा र अन्धविश्वासले जकडिएको गिरानचौर महाभूकम्पको धक्काबाट ढल्न पुग्यो । धन्य हो, सीताराम-कुञ्जना दम्पती जसको सत्कर्मले सिन्धुपाल्चोकको यो बस्तीबाट देशै उठ्ने आशा जाग्यो ।