HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
सत्ता–संघर्षमा संविधान संशोधनको आड एकमत भएर संविधान जारी गरेका प्रमुख दलहरूले कार्यान्वयनका बेला सत्ता बाँडफाँडलाई मूल 'अजेण्डा' बनाउँदा मुलुकको राष्ट्रिय राजनीति गतिरोधमा फसेको छ।
सुनसान नाका शून्य गतिविधि
सुनसान नाका शून्य गतिविधि महाभूकम्पले नेपाल–चीन व्यापारिक नाका तातोपानी ठप्प बनाएपछि अर्बौंको कारोबार र हजारौं रोजगारी शून्यमा झरेको छ। पहिले ५ किमी टाढा चीनको खासाबाट सामान ल्याएर काठमाडौं पुर्‍याउने  बाह्रबिसे क्षेत्रको दैनिकी अहिले २५० किमी टाढाको रसुवागढी–केरुङ नाकाबाट काठमाडौंहुँदै ल्याइएको सामानबाट धानिएको छ। काठमाडौं–तातोपानी चल्ने साना–ठूला ११ सय कन्टेनरमध्ये आधा अहिले यत्तिकै थन्किएका छन्। सयजति कन्टेनरलाई भूकम्पपीडितले आश्रयस्थल बनाएका छन्। बाँकी केरुङलगायतका नाकातिर चलेका छन्। “कतिपय कन्टेनरधनीले किस्ता तिर्न अरू जायजेथा बेचेका छन्”, क्षेत्री भन्छन्, “एकसय भन्दा बढी कन्टेनरचालक खाडी मुलुक गएका छन्।”
हाइटीमा हैजा: गल्ती कसको?
हाइटीमा हैजा: गल्ती कसको? क्यारेबियन मुलुक हाइटीमा शान्ति सैनिक छाउनीबाट फैलिएको हैजाले करीब १० हजारको ज्यान लिएको ६ वर्षपछि 'नैतिक जिम्मेवारी' लिंदै माफी मागेको राष्ट्रसंघले थुप्रै प्रश्न अनुत्तरित छाडेको छ। मिराबलैबाट करीब १५० किलोमिटर उत्तरको क्यापहाइसन क्षेत्रमा राष्ट्रसंघीय शान्ति मिसनमा खटिएको नेपाल प्रहरीको 'फर्म्ड पुलिस युनिट' (एफपीयू) छ। नेपाल प्रहरीको पहिलो डफ्फा त्यहाँ बस्दादेखि नै स्थानीय एक टुहुरो बालकलाई आफैंसँग राखेर हुर्काएको थियो। १८ वर्ष पुगेका ती युवकले हैजा फैलिनुभन्दा केही समय अघि एफपीयूभित्रै झुण्डिएर आत्महत्या गरे। राष्ट्रसंघ विरोधी दलहरूले त्यो घटनालाई मुद्दा बनाएर आन्दोलन शुरू गरे। 'यौनशोषण पछि हत्या गरेको' भन्ने आरोप लगाउँदै राष्ट्रसंघीय कार्यालय घेराउ र तोडफोड प्रयास भयो।
होमस्टेबाट छोटो समयमै समृद्धि नवलपरासीको अमलटारीमा छोटै समयमा समृद्धि ल्याएको 'होमस्टे' संरक्षणका लागि पनि उदाहरणीय बनेको छ। अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेले यसवर्ष सन् २०१६ को नोभेम्बरसम्म होमस्टेबाट रु.६९ लाख ६७ हजार ९५०, सांस्कृतिक कार्यक्रमबाट रु.९ लाख ६३ हजार र नेचर टूरबाट रु.८ लाख ९५ हजार ३५८ गरी जम्मा रु.८८ लाख २६ हजार ३०८ आम्दानी गरिसकेको छ। यो आयको मुख्य स्रोत आन्तरिक पर्यटक नै हुन्। नोभेम्बरसम्म अमलटारी आएका नेपालीको संख्या ११ हजार ९९८ छ भने सार्क क्षेत्रका ४२ र अन्य देशका ४० जना मात्र छन्। खर्च गर्नमा पनि नेपाली नै अगाडि रहेको होमस्टे संचालकहरूको अनुभव छ।
भन्सार छूटमा कालोबजारी
भन्सार छूटमा कालोबजारी सरकारबाट भन्सार छूटको सुविधा पाएका सामग्री व्यापारिक प्रयोजनमा खुलेआम दुरुपयोग भइरहेको छ। माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणका लागि भन्दै २०७१ सालमा ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेसनले तीन ट्रक राशी ब्राण्डको भारतीय सिमेन्ट भित्र्यायो। तर, भन्सार छूटमा आयात गरिएको सिमेन्टलाई सिनोले रसुवास्थित साञ्जेन जलविद्युत् आयोजनालाई बिक्री गर्‍यो। भूकम्प पीडितका लागि भनि  स्थानीय विकास मन्त्रालयले ल्याएको १ लाख २२ हजार ३३१, शहरी विकास मन्त्रालयले ल्याएको १ लाख २८ हजार ७०३ र अन्य विभिन्न १५ निकायको ९ लाख ४३६ थान टेन्ट/पाल  बाटैबाट हराए । जीवनजल, सुई, स्लाइनलगायतका औषधि बनाउन आवश्यक कच्चा पदार्थ हो, 'डेक्स्ट्रोज्'। औषधि व्यवस्था विभागले डेक्स्ट्रोज् आयात गर्दा भन्सार छूटको व्यवस्था गरेको छ। तर आर्या फर्मास्युटिकल र एसआर ड्रग्स्ले भन्सार छूटमा आयातीत डेक्स्ट्रोज् डेरी उद्योगलाई बेचेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको अनुसन्धानबाट खुलेको छ।