HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
कर्णालीमा ज्यानै जाने कुपोषण कुपोषणको शिकार बनेका कर्णालीका बालबालिका धामीझाँक्रीको भरमा छन् । कालीकोट रकु–४ की शुक्ला सुवेदीका छोरा र छोरी कुपोषणबाट यति ग्रसित कि उनीहरू खान समेत नसक्ने अवस्थामा छन् । पोषणको अभाव र धामीझँक्रीको झारफुकले उनीहरूलाई जीवनमरणको दोसाँधमा पुर्‍याएको छ । सन् २०२५ सम्ममा देशमा कुपोषणको दर शून्यमा झार्ने पोषण सम्बन्धी राष्ट्रिय लक्ष्यमा कर्णालीको अवस्था ठूलो चुनौती बनेको छ ।
प्रतिनिधिसभाको निर्वाचनतिर!     
प्रतिनिधिसभाको निर्वाचनतिर!      सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष र मधेशकेन्द्रित दल सबैका अडान र गतिविधि नयाँ प्रतिनिधिसभाको निर्वाचनतर्फ अग्रसर देखिंदैछन्। “स्थानीय तहको निर्वाचन हुने सम्भावना मैले देखेको छैन”, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला भन्छन्, “प्रादेशिक निर्वाचन गर्न पनि गाह्रो छ, बरु आउँदो ७ माघ २०७४ भित्र प्रतिनिधिसभाको मात्र निर्वाचन गर्न सकियो भने अहिलेका लागि महत्वपूर्ण उपलब्धि हुनेछ।” “आउँदो जेठभित्र स्थानीय निर्वाचन, मंसीरमा प्रादेशिक र प्रतिनिधिसभाको निर्वाचन गर्नु 'प्लान–ए' हो”, एमाले नेता प्रदीप ज्ञवाली भन्छन्, “तर, यो सम्भावना क्षीण बन्दै गएकाले 'प्लान–बी' मा जानुपर्छ, त्यो भनेको प्रतिनिधिसभा निर्वाचन नै हो।”
अति भो मेडिकल कलेजको बदमाशी
अति भो मेडिकल कलेजको बदमाशी मेडिकल कलेजहरूले गरिरहेको अदालत, काउन्सिल, सरकार सबैको अवज्ञाले देखाउँछ, नेपालको मेडिकल शिक्षामा जारी अराजकताले हद नाघ्न थालेको छ। कलेजहरूको अराजकता यो वर्षको एमबीबीएस भर्ना प्रक्रियामा पनि प्रष्ट देखियो। मेडिकल शिक्षालाई व्यवस्थित बनाउन सरकारले तोकेको भर्नामा योग्यताक्रम, शुल्क र सीट संख्याको मापदण्ड कलेजहरुले नै तोडेका छन्। आईओएमको योग्यता क्रममा २४ पुसमा ३२९९ नम्बरमा नाम निकालेर भर्नाका लागि २५ पुसको १० बजे पोखराको गण्डकी मेडिकल कलेज पुगेका गौतमलाई 'सीट प्याक' भएको भन्दै फिर्ता पठाइयो। उनीभन्दा कम मेरिट (३३४५ नम्बर)का रजनिस यादव भने त्यही दिन दुईबजे गण्डकीमा भर्ना भए।
भिटामिनको आवरणमा एन्टिबायोटिक
भिटामिनको आवरणमा एन्टिबायोटिक कुखुराको तौल बढाउन भिटामिनको नाममा प्रयोग भइरहेको अवैध एन्टिबायोटिक मानव स्वास्थ्यका लागि घातक बनिरहेको छ।  साइरोक्सिन जस्तो कडा खालको एन्टिबायोटिक खाएको कुखुराको मासुले मानिसमा एन्टिबायोटिक रेसिस्टेन्स क्षमता घटाइरहेको हुन्छ।तौल बढाउने भन्दै जतिबेला पनि खुवाइने यस्ता एन्टिवायोटिकले मासु खानेको जीवन जोखिममा पारिरहेको छ । पिसाब संक्रमण गराउने इकोलाई कीटाणु मार्न प्रयोग गरिने एमोक्सिसिलिन, स्याफिक्जिन जस्ता एन्टिबायोटिकले अचेल काम गर्न छाडिसकेका छन्। स्वास्थ्य मन्त्रालयको हालैको एक अध्ययनमा टाईफोईड उपचारमा सिप्रोफ्लोक्सासिन एन्टिबायोटिकले काम गर्न छाडेको छ।
अफगानिस्तानमा सुरक्षा माग्दा जागीर चट् सुरक्षा र तलब वृद्धिको माग राखेकै कारण अपमानपूर्वक निकालिएका अफगानिस्तानका नेपाली कामदारलाई सरकारले समेत बेवास्ता गरिरहेको छ।