HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
शक्तिकेन्द्र जन्माउने देशको प्रशासन र सुरक्षा संयन्त्र परिचालन गर्ने गृह मन्त्रालयको नेतृत्वमा पुग्ने व्यक्ति आफ्नै पार्टीभित्र वैकल्पिक शक्तिकेन्द्रका रूपमा देखा पर्छन्। किन?
नेतृत्व विकासको आधार: स्थानीय निर्वाचन
नेतृत्व विकासको आधार: स्थानीय निर्वाचन दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचन जनतासँग भिजेका र नेतृत्व क्षमता भएका नेता जन्माउने सुनौलो अवसर हो। स्थानीय तहको पुनःसंरचनाका लागि गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख भएको संरचना अनुसार देशभर निर्वाचित हुने जनप्रतिनिधिको संख्या ३४ हजार २०३ पुग्छ, जसमध्ये ठूलो संख्या महिला, दलित, सीमान्तकृत तथा अल्पसंख्यकको हुने निश्चित छ।  २०१५, २०४८, २०५१, २०५६, २०६४ र २०७० गरी ६ पटक आमनिर्वाचन हुँदा नेपालीले स्थानीय निर्वाचनमा भने दुई पटक मात्र भाग लिन पाए, २०४९ र २०५४ मा। २०५४ मा १७ वर्ष पुगेका व्यक्ति अहिले ३६ वर्ष पुग्दा बल्ल पहिलो पटक स्थानीय निर्वाचनमा मताधिकार प्रयोग गर्दैछन्।
समृद्धिको लागि सुरुङ नेपालको यातायात, जलविद्युत्, कृषि, सिंचाइ र 'कनेक्टिभिटी' मा कायापलट गरेर समृद्धि भित्र्याउने पूर्वाधारमा सुरुङ प्रविधि अपरिहार्य बन्न पुगेको छ। डा. लालध्वज केसी मेची–महाकाली १०३० किमी सडकको चुरिया (मकवानपुर), दाउन्ने (नवलपरासी), दाङ र कपिलवस्तुबीचको धानखोलालगायतका ठाउँमा 'टनेल' बनाए अहिलेको २० घण्टे यात्रा ८ घण्टामा सकिने बताउँछन्। “१२ घन्टा समय छोट्टिंदा बेहिसाब आर्थिक बचत हुन्छ”, डा. केसी भन्छन्, “त्यस हिसाबले पनि अब शुरू लगानीसँग डराउनुहुँदैन।”