HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
परिवर्तनको कोसेढुंगा: स्थानीय तह निर्वाचन चितवनका मतदाता र राजनीतिक कार्यकर्ता पार्टीभन्दा विकासको पक्षमा उभिने उम्मेदवारलाई जिताउने मनस्थितिमा छन्।
सम्पदा पुनःनिर्माणमा सकस विनाशकारी भूकम्पले क्षतिग्रस्त सम्पदा पुनःनिर्माणलाई तीव्रता दिन सरकारी निकाय र सरोकारवालाबीच समन्वयको खाँचो छ।
सँधै बिजुली:  लम्बियो दिन !
सँधै बिजुली: लम्बियो दिन ! अँध्यारोबाट हैरान उपभोक्ता लोडशेडिङ हटेपछि दङदास भइरहँदा नेपाल विद्युत् प्राधिकरण आम्दानीसँगै ऊर्जा खपत बढाउने सुरमा लागेको छ । नेपाललाई ३७५ मेगावाट विद्युत् अझै अपुग छ । पिक आवरको १२ सय ५० मेगावाट मागलाई प्राधिकरणको ३४६ मेगावाट, निजी क्षेत्रको १५० मेगावाट र भारतबाट आयात भइरहेको ३६० मेगावाटले धान्दैन ।पर्याप्त विद्युत् नहुँदा-नहुँदै पनि आम उपभोक्तालाई उज्यालोमा राखेको प्राधिकरणले उद्योगमा भने अहिले पनि चारघण्टा लोडशेडिङ कायम राखेको छ । प्राधिकरण वैशाख अन्तिम वा जेठ पहिलो सातापछि उद्योगहरूमा पनि लोडशेडिङ हटाउने गरी काम गरिरहेको छ । यही हो, अहिलेको प्राधिकरण नेतृत्वको खासियत ।