HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
मिर्गौला रोगीलाई सहयोगः हात्तीको मुखमा जीरा सरकारले स्थानीयतहमै प्रभावकारी उपचार व्यवस्था मिलाउन नसक्दा थुप्रै मिर्गौला रोगीले निःशुल्क डायालिसिस् कार्यक्रमबाट लाभ लिन सकिरहेका छैनन् ।
चुनावी माहोलमा सत्ताको संकट पूर्वसहमति अनुसार कांग्रेसलाई सत्ता सुम्पन राजीनामा गरेका प्रधानमन्त्री दाहालले जाँदाजाँदै दोस्रो चरणको स्थानीय निर्वाचन र भावी राजनीतिलाई समेत नकारात्मक असर गर्ने निर्णयहरू गरे ।
 लोकमानको अयोग्यतासम्बन्धी सर्वोच्चको फैसलाको पूर्णपाठमा के छ
 लोकमानको अयोग्यतासम्बन्धी सर्वोच्चको फैसलाको पूर्णपाठमा के छ लोकमानसिंह कार्की अख्तियार प्रमुखका लागि अयोग्य रहेकोले पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा तत्कालीन प्रधानन्यायाधीश र मन्त्रिपरिषद् अध्यक्षको रुपमा खिलराज रेग्मी नेतृत्वको संवैधानिक परिषद्ले कसरी स्वेच्छारी निर्णय गरेको थियो भन्ने पनि छर्लङ्ग देखिन्छ। यो फैसालमा मुद्दाको पुनरावलोकनमा सर्वोच्च अदालतका सीमाहरूबारे पनि फराकिलो व्याख्या गरिएको छ । ·लोकमानसिंह कार्कीले सर्वोच्च अदालत र संवैधानिक परिषद्मा पेश गरेका केही विवरण अपूर्ण, भ्रमपूर्ण र गलत देखिएको कारणबाट पनि उनको नियुक्तिलाई वैध मान्न सकिने अवस्था देखिदैन।  ·सत्तामा रहेको समयमा जनधनको क्षति, सत्ता, शक्ति र पदको दूरुपयोग, राष्ट्रिय ढुकुटीको दूरुपयोग र मानवअधिकार उल्लंघन जस्ता कानून विपरितको काम कारवाही गरेको हो भने निजलाई दण्डित गर्नु राज्यको दायित्व हो।