HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
सुनाैली नाकामा भारतीय अवराेध, २१ किलाेमिटरसम्म गाडीकाे लाइन नाकाबन्दीका वेला समेत केही सहज रहेको सुनौली–बेलहिया नाकामा गएको ८ महीनादेखि भारतीय पक्षबाट भइरहेको अवरोधले नेपाली उद्योग–व्यवसायमा संकट निम्तिएको छ।  
ती साहसी जसले तत्कालको निर्णयबाट क्षति रोक्छन् र पर्दा पछाडि जान्छन्
ती साहसी जसले तत्कालको निर्णयबाट क्षति रोक्छन् र पर्दा पछाडि जान्छन् -कनकमणि दीक्षित खतरनाक लोकरिझ्याइँको प्रभाव विरुद्ध लेख्नु तुलनात्मक रुपमा सजिलो हुन्छ, किनकि प्रतिक्रियामा भौतिक हमलाको खतरा अलि कम हुन्छ । तर, ‘मब् फ्युरी’ विरुद्ध तत्कालै निर्णय लिई आक्रमणकारीहरुकै सामु पीडितको बचाउमा अघि सर्ने साहस अतुलनीय हुन्छ । यस्ता ‘इन्स्टिङ्कटिभ् साहस’ देखाउने व्यक्तिहरू ‘मैले यस्तो गरें, उस्तो गरें’ भन्दै बढाइचढाइ गर्दै हिंड्ने खालका हुँदैनन् । तत्क्षणको माग अनुसार जे गर्नु थियो त्यो गरिसकेपछि स्वभावतः पर्दा पछाडि जान्छन् । साहसको क्षणलाई भजाउने कोशिश गर्दैनन् ।
नेपाली इन्जिनियरले बनाए छड बण्डलिङ गर्ने मेशीन, अब सय कामदारको काम एउटै मेशीनबाट नेपालमै तयार पारिएको ‘स्मार्ट रिबार बण्डलिङ’ मेशीनले छड उद्योगहरूको कार्यक्षमता वृद्धि र खर्च कटौतीमा उल्लेख्य योगदान दिनेछ।