HimalKhabar.com :: A Complete Nepali Political News Portal
कला
फिल्मका भान्से जेठादाइ छायाङ्कन टोलीसँगै भान्से भएर कुद्ने जेठादाइको कसैसँग खासै गुनासो छैन। नून चर्को, खुर्सानी पीरो, भातमा बढी पानी त सधैंका कुरा भए। तर नायिका कृष्टि मैनालीको याद आउँछ, उनलाई। “एउटा चाउचाउलाई सातथरी बनाउन लगाउँथिन्, कहिले यो भएन, कहिले त्यो पुगेन” उनी भन्छन्। 'अपराध' को छायाङ्कनमा हैरान पारेकी कृष्टि 'धर्म' मा भने बदलिएको पाए उनले।
सौन्दर्य “तिम्रो मुहारमा जादूमयी सौम्यता छ मोनालिसा, मेरो कुची धन्य भयो।”“तिम्रो कुचीकला नै अद्वितीय छ भिन्सी।”निकैबेर पछि मोनालिसाले सोधी, “अब अर्को चित्रको पोज कहिले दिऊँ?”
वन, बिजुली र नरे
वन, बिजुली र नरे वसन्त थापा वैशाखको लामो दिन, त्यस्तै तीन–चार बजेको हुँदो हो । कुनै हतार थिएन घर जानलाई । हामी आरामसाथ चौतारामा गफिंदै थियौं आफ्नै सुरमा ।अचानक झाडीबाट ६ जना लाठे झवास्स देखापरे हाम्रा अघिल्तिर । हामी अकमकायौं । उनीहरू पहिले कसैलाई लक्ष्य नगरी 'गह्रौं भयो भारी, हामी सघाइदिऊँ?' भन्न थाले  त्यसपछि बिजुली दिदीलाई सोझै लक्ष्य गरेर अनेकओली भन्दै जिस्क्याउन थाले । हामीले रोइकराई घटना विवरण बतायौं । मीतबा आफ्नी मासुकालाई हाम्रो साथमा छाडेर अपहरणकारी दल गएतर्फ हान्निए, टार्जनले झैं पोथ्रालाई नाघ्दै, कान्ला उफ्रंदै । शायद बिजुली उनको नजिककै नाता पर्थिन् ।  
म्युजिक भिडियोमा लगानी:  चर्चाको भोक
म्युजिक भिडियोमा लगानी: चर्चाको भोक लगानी अनुसार प्रतिफल, अर्थशास्त्रको सामान्य नियम हो। तर, नेपालमा बनिरहेका म्यूजिक भिडियोको हकमा यो लागू हुँदैन। नाफा त परै जाओस्, लगानी समेत उठ्दैन।  म्यूजिक भिडियोमै सही, मोडलसँग रोमान्स गर्नेहरूमा स्वदेशमै पैसा कमाएका तर नाम नसुनिएका पनि प्रशस्त छन्। “कति त घरजग्गा वा बस्तुभाउ बेचेर समेत म्यूजिक भिडियो खेल्न आएका छन्”, निर्देशक शैलेन्द्र खोकाली भन्छन्। यसबाहेक यस्ता लगानीकर्ता पनि हुन्छन्, जो आफूलाई भिडियोमा देखाउन चाहँदैनन्। आफ्नो प्रेमी/प्रेमिकाको रहर पूरा गरिदिन उनीहरू चूपचाप पैसा खर्चन्छन्। 'डेब्यु' निर्देशक आफ्नै लगानीमा आफैं मोडल बनेका म्यूजिक भिडियो पनि थुप्रै छन्।