भरतपुरको मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी
चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। मेयरमा नेकपा (माओवादी केन्द्र) की रेणु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन्।
स्थानीय तह चुनावः प्रदेश १ मा एमाले‚ बाँकीमा कांग्रेस पहिलो
स्थानीय तह निर्वाचनको अन्तिम नतीजा आउने क्रम जारी छ। आइतबार साँझसम्म आएको परिणाम अनुसार‚ प्रदेश १ बाहेक सबै प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा धेरै पदमा विजयी भएको छ।