प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री ओलीले आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
भौतिक पूर्वाधारमन्त्री नेम्बाङ्गद्वारा ठूला र महत्वपूर्ण आयोजनालाई प्राथमिकता दिन मातहतका निकायलाई निर्देशन
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले ठूला र महत्वपूर्ण आयोजनामा साना समस्यालाई नहेरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
बिहीबार मन्त्रालयमा भएको प्रथम चौमासिकको प्रगति समिक्षा तथा विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री नेम्बाङ्गले साना समस्यामा अल्झिएर बसे विकास निर्माण नै हुन नसक्ने बताए।